Logo

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र सामाजिक अगुवासँगकाे अन्तरक्रिया

इलाम चैत्र १७ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र सामाजिक अगुवासँगकाे अन्तरक्रिया

स्थानीले राखेका गुनासाे/ समस्या

– सीमा क्षेत्रमा रहेका चाैकीका भवन जीर्ण, BOP संख्या र जनशक्तिकाे अभाव। सीमा क्षेत्रका नागरिक भारतीय बजारमा आश्रित हुनुपर्ने। तर, एक बाेरा चामल र एक केजी चिनी ल्याउन नपाइने ज

– सुन्दर इलाम बाटाेकाे अवस्थाले कुरुप बन्दै छ। मेची राजमार्गकाे अवस्था जीर्ण छ। बाँदर आतंकका कारण किसान मारमा छन्, के गर्न सकिन्छ?

– काेशी प्रदेश नामकरण खारेज गर्नु पर्‍याे। नत्र जातीय द्वन्द्व बढ्छ।

– सम्पूर्ण उत्पीडित क्षेत्र/वर्गले न्याय पाउन्। उनीहरुले सहेका कारण मात्र याे देशमा शान्ति छ। सहअस्तित्व स्वीकार्न सक्नु पर्छ। अपुराे संविधान संशाेधन गर्नुपर्छ।

– पशुपति नगरमा अध्यागमन कार्यालय छ। कर्मचारी झापातिर बस्छन्। भारतकाे अध्यागमन नहुँदा यताकाे अफिसकाे काम भएन। दशगजामा भाैतिक संरचना निर्माण भइरहेकाे छ। हुन्छ।

– भारु २५ हजारभन्दा बढी ल्याउन नपाइने सरकारकाे नीतिले समस्या भयाे। खर्च गर्छु भन्दा त पाउनु पर्‍याे नि! काकडभिट्टाबाट तेस्रो मुलुकका पर्यटक आउने वातावरण बनाेस्। काेभिडभन्दा पहिला खुला थियाे।

– कृषि र पर्यटन हाम्रो मेरुदण्ड हाे। नगरपालिकाले चीनमा चिया बेच्ने प्रयास गरिरहेकाे छ। गृहले आवश्यक सहयाेग गराेस्। यहाँकाे चिया लगेर भारतले विश्व बजारमा पुर्‍याउँछ। तर, हामीले केही गर्न सकेनाैं।

– लागू औषधकाे प्रयोग भयावह अवस्थातर्फ जाँदै छ, नियन्त्रण आवश्यक। भारत जाने कृषि बस्तुलाई क्वारेन्टाइनकाे बहानमा राेकिन्छ, आउने निर्बाध छ।

युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेण्ठ:

– हामीले पनि काम गरेनाैं भने अर्को पुस्ताले माफ दिँदैन। खेलकुदका विकृति अन्त्य गर्ने प्रयासमा छाैं। खेलाडीले सेवा-सुविधा नपाउने, अरुले तर मार्ने प्रवृति रहेछ अन्त्य गर्न लागेका छाैं। खेलकुदमा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार र लगानी भित्र्याउने प्रायस गर्छौ। सरकारी जग्गा हत्याउने कामविरुद्ध काम सुर गरेका छाैं।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने:

– यति धेरै समस्या र माग लिएर हामी धेरै वर्षदेखि दाैडिरहेका छाैं। बिगतमा कामै भएन कि प्राथमिकताअनुसार भएन गम्भीर समीक्षा गराैं।

– सबैकाे एक-एक हाेइन, एक-एकका सामुहिक (साझा) ऐजेण्डामा पहिला काम गराैं। सामाजिक न्याय, पूर्वाधार विकास, समृद्धि आदि मुद्दा साझा हुन्। यसमा दलीय खिचातानी हुनु हुँदैन।

– बैकिङ Card चल्छ भने २५ हजार मात्रै ल्याउने पाउने कुराले धेरै समस्या नहाेला कि! नागरिकले दुःख पाउने, तस्करले फाइदा लिने बिगतकाे अभ्यास अब सहिन्न। नागरिककाे सुरक्षा र तस्करी नियन्त्रणमा गम्भीर छाैं। आत्महत्या यहाँकाे ठूलाे समस्या हाे, विस्तृत अध्ययन गरेर काम गर्नुपर्छ।

– चुनाव र भाेट बैंककाे हिसाब गर्ने हाे भने त कही काम हुँदैन। वडाध्यक्ष र प्रधानमन्त्रीलाई गर्ने माग र प्रश्न एउटै हुन्छ। किनकि, तत्तत् निकायले नागरिकका समस्या/गुजासाे सुनेनन्। यसमा सुधार गर्नुपर्छ।

– सरकले दुधकाे भुक्तानी पठाउन सुरु गरेकाे छ। अवैध आयात नियन्त्रणमा काम भइरहेकाे छ। अन्य मुलुकका अखाद्य बस्तुले बजारले भरिने, हाम्रा किसान मारमा पर्ने अवस्थाकाे अन्त्यमा सरकारले काम गर्छ।

– सीमा क्षेत्रमा देखिएका समस्या समाधानमा दुई पक्षीय प्रयास हुा्छ। पशुपति नगरमा भारतीय अध्यागमन अफिस र दसगजामा भौतिक संरचना निर्माणबारे भारतीय राजदूतसँगकाे भेटमा कुराकानी भएकाे छ।

प्रतिक्रिया दिनुहोस्