Logo

इलाम २ को उपनिर्वाचनमा पहिचानवादीका उम्मेदवार थेगिमलाइ जसपाको समर्थन

काठमाडौं, २२ चैत । जनता समाजवादी पार्टी (जसपा) ले इलाम–२ मा पहिचानवादीका उम्मेदवार डकेन्द्रसिंह थेगिमलाई समर्थन गर्ने भएको छ । आज (बिहीबार) बसेको जसपा कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

प्रदेशको नामाङ्कनलाई लिएर पहिचानवादीहरुले कोशीमा विद्रोह गर्दै आएका छन् । उनीहरुले आसन्न प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा समेत आफ्नै उम्मेदवार खडा गरेका छन् । पहिचानवादीहरुका साझा उम्मेदवार थेगिमलाई सघाउने निर्णय भएको जसपाका प्रवक्ता मनिष सुमनले बताए ।

इलाम–२ र बझाङ–१ (ख) मा आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्