Logo

उपनिर्वाचनः इलाम–२ मा कांग्रेसका उम्मेदवार खड्काले गराए मनोनयन दर्ता

काठमाडौं, २४ चैत । नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले इलाम–२ बाट मनोनयन दर्ता गराएका छन् । आज (शनिबार) मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर खड्काले उम्मेदवारी दर्ता गराएका हुन् । उनी २०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा स्वर्गीय सुवास नेम्वाङसँग १४४ मतले पराजीत भएका थिए ।

आसन्न प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि इलाम–२ बाट हालसम्म नेकपा (एमाले) को तर्फबाट सुहाङ नेम्वाङ, नेकपा (एकीकृत समाजवादी) को तर्फबाट जीतबहादुर राई, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, पहिचानवादीहरुका साझा उम्मेदवार डकेन्द्र सिंह थेगिमले उम्मेदवारी दर्ता गराइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्