Logo

इलाम–२ मा सुहाङ ६,४३९ मतले अगाडि, पछ्याउँदै डम्बर

काठमाडौं, १७ वैशाख । इलाम–२ मा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो अग्रता बनाएका छन् । नेम्वाङले अहिलेसम्म १९,११४ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, नेपाली कांग्रेसका डम्बर खड्का भने १२,६७५ मत प्राप्त गरी दोस्रो स्थानमा छन् । नेम्वाङ ६,४३९ मतले खड्का भन्दा अगाडि छन् ।

पहिचान पक्षधरका साझा उम्मेदवार डकेन्द्र सिंह थेगिमले अहिलेसम्म ९,४१० मत प्राप्त गरी तेस्रो स्थानमा छन् ।राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले भने ३,२४२ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्