Logo

वर्षाको कारण नेपाल र श्रीलंकाको खेल स्थगित, बाँकी खेलमा सन्दीपले सहभागिता जनाउँदै

काठमाडौं – वर्षाको कारण आइसीसी टि२० विश्वकपअन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल रद्द भएको छ । विश्वकपको समूह डीअन्तर्गत रहेर अमेरिकामा ७ः३० बजे अर्थात् नेपाली समयअनुसार बिहान सवा ५ बाट सुरु हुनुपर्ने खेल वर्षाको कारण रोकिएको हो ।

संयुक्त राज्य अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी मैदानमा मंगलबार बिहानदेखि नै पानी परिरहेको थियो । खेल सुरु हुने समयमा समेत पानी परेपछि खेल केही ढिलो सुरु हुने जनाइएको थियो । तर वर्षा नरोकिएपछि खेल नै रद्द भएको हो । खेल रद्द भएसँगै नेपाल र श्रीलंकाले १–१ अंक बाँडेको छ ।

यो सँगै विश्वकपको समुह चरणको दुईवटा नेपालको खेल सकिएको छ । पहिलो खेलमा नेदरल्यान्डस्सँग हार व्यहोरेको नेपालले दोस्रो खेलका श्रीलंकासँग अंक बाँड्दै एक रन जोडेको छ । उता श्रीलंकाले भने यसअघि दुईवटा खेलमा हार व्यहोरिसकेको थियो । ३ खेलमा १ अंक जोडेको श्रीलंका प्रतियोगिताबाट लगभग बाहिरिएको छ ।

समुह डि अन्तर्गत नेपाल र श्रीलंकासँगै दक्षिण अफ्रिका, बंगलादेश र नेदरल्यान्डस् छन् । दक्षिण अफ्रीका ३ खेलमा ६ अंकका आठ सुपर ८ प्रवेश गरिसकेको छ । बंगलादेश र नेदरल्यान्ड्सको २ खेलमा २–२ जोडेका छन् ।

नेपालले अब शुक्रबार दक्षिण अफ्रीका र आइतबार बंगलादेशको सामना गर्नेछ । यी दुई खेल वेस्ट इन्डिजमा हुनेछन् । दक्षिण अफ्रीका र बंगलादेशविरुद्ध खेलका लागि स्पिनर सन्दीप लामिछाने टोलीमा थपिएका छन् । सन्दीपको आगमनले टोलीलाई थप बल पु¥याएको नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टि देशाइले बताएका छन् ।

विश्वकपको सुपर ८ मा पुग्न वेस्ट इन्डिजमा हुने दुबै खेल जित्नुपर्ने दबाब नेपाललाई छ ।

प्रतिक्रिया दिनुहोस्