Logo

वर्षाका कारण अमेरिकामा नै रोकियो नेपाली क्रिकेट टोली

काठमाडौं– आइसिसी टि–२० विश्वकपको समूह चरणको‌ खेलका कारण वेस्ट इन्डिज जानुपर्ने नेपाली राष्ट्रिय क्रिकेट टोली अमेरिकामा नै रोकिएको छ ।

शनिबार नेपालले दक्षिण अफ्रिकासँग समुह चरणको खेल खेल्दैछ । वेस्ट इन्डिजको सेन्ट भिन्सेन्ट खेल हुँदैछ । नेपाल र बंगलादेशबीच जुन १७ मा खेल हुने तालिका छ।

तर, आफ्ना अन्तिम २ का लागि सेन्ट भिन्सेन्ट जानुपर्ने नेपाली राष्ट्रिय क्रिकेट टोली अमेरिकाको‌ फ्लोरिडामै रोकिएको हो । नेपाल श्रीलंकासँग समुहचरणको खेल खेल्न फ्लोरिडा पुगेको थियो । अत्यधिक वर्षाका कारण सो खेलसमेत रोकिएको थियो । फ्लोरिडाबाट नेपाली‌ टोली बुधबार साँझ सेन्ट भिन्सेन्ट जाने तालिका रहेपनि लगातारको वर्षाका कारण नेपाली‌ टोलीको‌ उडान रद्द भएको क्यानले जनाएको छ ।

आफ्नो पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले‌ पराजित भएको थियो। समूहबाट ६ अंकसहित दक्षिण अफ्रिका सुपर एटमा पुगिसकेको छ। नेदरल्याण्ड्स र बंगलादेशको समान २ अंक तथा नेपाल र श्रीलंकाको‌ समान १ अंक‌ छ।

 

प्रतिक्रिया दिनुहोस्