Logo

टि–२० अल राउन्डर विश्व वरीयतामा हार्दीक पाण्डेलाई उछिन्दै दीपेन्द्र छैठौँ स्थानमा

काठमाडौं– आइसिसीले जारी गरेको पुरुष तर्फको टि–२० अल राउन्डर क्रिकेटर वरीयतामा नेपालका क्रिकेटर दीपेन्द्र सिं ऐरी छैठौँ स्थानमा आएका छन् । आइसिसीले खेलाडीले खेलमा देखाएको प्रदर्शनका आधारमा वरियता क्रममा निर्माण गर्दछ।

उनले सेन्ट भिसेन्टमा बंगलादेशसँग भएको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आइसिसीको टि–२० को अल राउन्डर क्रिकेटर वरीयतामा रेटिङ पोइन्ट १९९ बनाउँदै छैठौँ स्थान हाँसिल गरेका हुन् । यसअघि उनी अल राउन्डर क्रिकेटर वरीयतामा नवौँ स्थानमा थिए ।

आइसिसी टि–२० को अलराउन्डर क्रिकेटरको वरियतामा रेटिङ पोइन्ट २३१ का साथ अष्ट्रेलियाको मारकस स्टोइनिस पहिलो स्थानमा छन् । श्रीलंकाका वालिन्दु हासारान्गा २२२ रेटिङ पोइन्टका साथ दोस्रो स्थानमा छन् । तेस्रोमा बंगलादेशका शाकिव अल हसन २१८ रेटिङ पोइन्टका साथ छन् ।

उत्कृष्ट अल राउन्डरको पहिलो स्थानमा रहेका अफगानस्थानका मोहम्मद अबि भने अल राउन्डर क्रिकेटर वरीयतामा चौँथो स्थानमा पुगेका छन् । उनको रेटिङ पोइन्ट २१३ छ । २१० रेटिङका साथ पाँचौ स्थानमा जिम्बाबेका सिकन्दर राजा छन् । दीपेन्द्र पछि अल राउन्डर क्रिकेटर वरीयतामा सातौँ स्थानमा भारतका हार्दिक पाण्डे छन् । उनको रेटिङ पोइन्ट १९२ छ । यसअघि उनी अल राउन्डर क्रिकेटर वरीयताको आठौँ स्थानमा थिए ।

प्रतिक्रिया दिनुहोस्