Logo

सिँचाइ पुगेका खेतबारीमा रोपाइँ सम्पन्न, किसान आकाशको पनि कुर्दै

 

काठमाडौँ – पानि पर्ने मौसम भएता पनि असार सुरु हुदा सम्म पानि परेको छैन । असार महिना विशेषगरी धान रोप्ने समय हो । जेठको अन्तिम सातासम्म प्रायःजसो जिल्लामा खेतमा रोपाइँ भइसकेको हुन्थ्यो । यस वर्ष पानी नपर्दा यहाँको हिमा र तिलाका किसानले रोपाइँ गर्न पाएका छैनन् । पानी समयमै नपर्दा खेतीयोग्य जमिनमा नै धान रोप्न नसकिएको हिमा–४ का स्थानीय माया रोकायाले जानकारी दिए ।

 

सिँचाइ पुगेका खेतबारीमा रोपाइँ सम्पन्न भइसकेको छ । अकाशे पानीको भरमा परेका किसानका लागि यस वर्ष खेतमा रोपाइँ हुने नसकेको किसान बताउँछन् ।खेति गरेर गुजारा चलाउने किशान लाइ पानि नपरेर मर्का परेको छ। किसानाहरु भन्छन : यो पनि खाद्य संकट मा पर्छ। पानि नपरेर कहिँ रोप्न पाएको छैन। पानि को आभाब ले खेति गर्न पाएको छैन।

प्रतिक्रिया दिनुहोस्