Logo

क्रिकेट टोली फर्किए नेपाल, रोहित भन्छन्– नेपालको बलिङ राम्रो भएपनि फिल्डिङ र ब्याटिङ कमजोर

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले टी–२० विश्वकपमा नेपालको बलिङ राम्रो भएको तर फिल्डिङ र ब्याटिङमा केही कमजोरी भएको बताए ।

बिहीबार टी–२० विश्वकपमा सहभागी भइ स्वदेश फर्किएपछि पत्रकारसँग कुरा गर्दै उनले टिममा आत्मविश्वास भएपनि अमेरिका र वेष्टइन्डिजको मैदानको स्थितिले ब्याटिङमा धेरै राम्रो गर्न नसकेको बताए । नेदरल्यान्डस्सँगको गेममा पनि टोली आत्मविश्वास रहेको उनले भने । ‘तर मैदानको स्थितिले राम्रो नतिजा आउन सकेन । अमेरिकाको पिच तपाईंले देख्नु नै भएको छ, कसैको राम्रो स्कोर बन्न सकेको थिएन’, उनले भने ।

कप्तान रोहितले फिल्डिङ र ब्याटिङमा नेपाली पक्षबाट केही कमजोरी भएको स्वीकार गर्दै आगामी दिनमा सुधार गर्ने प्रतिवद्धता जनाए ।

उनले भने, ‘ब्याट्सम्यानलाई च्यालेन्ज थियो, ब्याट्सम्यानलाई मात्रै दोष दिएर हुँदैन । बलरलाई राम्रो ठाउँ थियो, त्यही अनुसारको नतिजा पनि यो विश्वकपमा आइरहेको छ । फिल्डिङ पनि केही कमजोरी थियो, त्यसमा हामी सुधार गरेर जानेछौं । ब्याटिङमा पनि सुधार गर्न जरुरी छ।’ उनले नेपालले उत्कृष्ट १५ खेलाडी लिएर विश्वकपमा गएको बताए।

 

प्रतिक्रिया दिनुहोस्