Logo

गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

 

काठमाडौं – आज गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा आज बिहान पनि पानी परेको छ ।

महाशाखाले बिहान जारी गरेको बुलेटिनमा आज राति पनि गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने उल्लेख गरेको छ । भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव हुनसक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेका छन् । महाशाखाका अनुसार हाल मनसुनी प्रणालीको प्रभाव कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भू–भागमा रहेको छ । लुम्बिनी प्रदेशका पूर्वी भागसम्म मनसुनी प्रणालीले छोएको छ । बाँकी भेगमा भने स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहने छ ।

 

 

प्रतिक्रिया दिनुहोस्