Logo

नेपाली फ्यानलाइ रोहितको धन्यवाद, भन्छन्– अर्को विश्वकपको लागि सपना जीवित राख्न यहाँ छौँ

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले समर्थकप्रति कृतज्ञता व्यक्त गरेका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले नेपाली क्रिकेटका समर्थकलाई धन्यवाद दिएका हुन् ।

उनले विश्वकपमा अपेक्षाअनुरुप खेल्न नसकेको भन्दै माफी समेत मागेका छन् । उनले लेखेका छन्, ‘हामीले हाम्रा कमी कमजोरी पत्ता लगाएका छौँ र अनुभवबाट सिक्ने कुरामा प्रतिबद्ध छौँ । जीतको भोको र शक्तीशाली भएर तपाईहरुले गर्व गर्न लायकको भएर आउने वाचा गछौँ ।’

आफूहरु प्रति विश्वास गरेकोमा उनले समर्थकलाई धन्यवाद दिएका छन् । उनले भनेका छन्, ‘तपाईहरुको कारणले नै नेपाली क्रिकेटको भविष्य उज्वल छ । तपाईहरुले संसारभरिबाट दिनु भएको अटल समर्थन हाम्रो हृदयमा प्रतिध्वनित भयो ।’ फ्यानहरुको समर्थनले आफुहरुमा उर्जा थपेको विश्वासले बल मिलेको उनले बताएका छन् । उनले लेखेका छन् , ‘हामीले जे जति प्राप्त गन

सक्षम थियौं, यो तपाईं बिना सम्भव थिएन। हाम्रो कथाको एक हिस्सा भएकोमा धन्यवाद। अर्को विश्वकपको लागि सपना जीवित राख्न यहाँ छौं।

प्रतिक्रिया दिनुहोस्