Logo

टि–२० विश्वकप सुपर ८: अस्ट्रेलियाविरुद्ध अफगानिस्तानको ऐतिहासिक जीत

काठमाडौं— जारी टि–२० विश्वकपको सुपर–८ अन्तर्गतको खेलमा अफगानिस्तानले अस्ट्रेलियाविरुद्ध ऐतिहासिक जीत हात पारेको छ । अफगानिस्तानले २१ रनको जीत पाारेको हो ।
अफगानस्तानले दिएको १४९ रनको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाले २० ओभरमा सबै विकेट गुमाउँदै १२७ रनमा समेटिएपछि अफगानस्तानको नाममा जीत दर्ता भएको हो ।

अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले सर्वाधिक रन बनाए । उनले ४१ बलमा ६ चौका र ३ छक्कासहित ५९ रन प्रहार गरे । अस्ट्रेलियाका लागि अन्य ब्याटर भने चलेनन् ।

अफगानिस्तानका लागि आठौं बलरका रूपमा आएका गुलबदिन नाइबले ४ ओभरमा २० रन मात्र खर्चिएर ४ विकेट लिए । त्यस्तै नवीन उल हकले ३ विकेट लिए । त्यस्तै अजमतुल्लाह ओमरजाई, मोहम्मद नाबी र रासिद खानले १÷१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाउँदै १४८ रन बनाएको थियो । अफगानिस्तानका लागस ओपनरद्वय रहमनुल्लाह गुरबाजले गुरबाजले ४९ बलमा ६० रन बनाए । इब्राहिम जदरानले ४८ बलमा ५१ रन बनाए ।

अस्ट्रेलियाका लागि प्याट कमिन्सले ३ विकेट लिए । त्यस्तै एडम जाम्पाले २ र मार्कस स्टोइनसले १ विकेट लिए । अफगानिस्तानले अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा अस्ट्रेलियालाई पहिलो पटक हराएको हो । यी दुई टिम आइतबार ट्वान्टी–२० अन्तर्राष्ट्रियमा दोस्रो पटक खेलेका हुन् । यसअघि २०२२ को विश्वकपमा अस्ट्रेलियाले अफगानिस्तानलाई ४ रनले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्