Logo

१०७ कार्टुन अवैध मदिरासहित २ जना पक्राउ

 

काठमाडौँ – सप्तरीको सीमावर्ती क्षेत्रबाट १०७ कार्टुन अवैध मदिरासहित २ जना पक्राउ परेका हुन् । सशस्त्र प्रहरीको प्रस्तावित सीमा सुरक्षा गुल्म पातोबाट सई अमृतकुमार श्रेष्ठको कमाण्डमा खटिएको ७ जनाको मोबाइल गस्ती टोलीले राजगढ गाउँपालिका- २ कमलपुरस्थित दशगजा क्षेत्रबाट डेढ लाखभन्दा बढीको मामाश्री मदिरा बरामद गरेका छन् ।

रक्सीको कार्टुनसहित पक्राउ पर्नेमा राजगढ-२ का २६ वर्षीय नारायण यादव र वडा नम्बर ३ झुटकीका २४ वर्षीय रोहित मुखिया रहेको एपीएफले बताएको छ । सशस्त्र प्रहरीको प्रस्तावित सीमा सुरक्षा गुल्म पातोबाट सई अमृतकुमार श्रेष्ठको कमाण्डमा खटिएको ७ जनाको मोबाइल गस्ती टोलीले राजगढ गाउँपालिका- २ कमलपुरस्थित दशगजा क्षेत्रबाट डेढ लाखभन्दा बढीको मामाश्री मदिरा बरामद गरेका हुन् । रक्सीको कार्टुनसहित पक्राउ पर्नेमा राजगढ-२ का २६ वर्षीय नारायण यादव र वडा नम्बर ३ झुटकीका २४ वर्षीय रोहित मुखिया रहेको एपीएफले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्