Logo

अर्ना वियरले क्रिकेटको पूर्वाधार विकासका लागि १४ लाख रुपैयाँभन्दा बढी रकम दिने

काठमाडौं– अर्ना वियरले १४ लाख रुपैयाँभन्दा बढी रकम क्रिकेटको पूर्वाधार विकासका लागि लगानी गर्ने भएको छ । अर्ना वियरले जारी आइसिसी टि–२० विश्वकपमा नेपाली क्रिकेट टोलीको प्रदर्शनअनुसार रकम उपलब्ध गराउने घोषणा गरेको थियो । सोहि अनुरुप नेपालले नेदरल्यान्डस्, दक्षिण अफ्रिका र बंगलादेशसँग प्रदर्शन गरेको आधारमा कुल १४ लाख २० हजार ५०० रुपैयाँ दिने भएको छ ।

अर्नाले हरेक रनमा एक हजार रुपैयाँ, हरेक चौकामा १० हजार रुपैयाँ, हरेक छक्कामा २० हजार रुपैयाँ दिने घोषणा गरेको थियो। यस्तै, डट बलमा १५ सय रुपैयाँ, हरेक मेडेन ओभरमा २० हजार रुपैयाँ र हरेक विकेटमा २० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको थियो ।

नेपालले विश्वकपमा समुह चरणमा खेलेको तीन खेलमा कुल ३०५ रन बनाएको छ । जसवापत अर्नाले तीन लाख पाँच हजार रुपैयाँ दिने भएको छ । तीन खेलमा २७ चौका खेलाडीले हानेका थिए । सोबापत अर्नाले २ लाख ७० हजार उपलब्ध गराउने भएको छ । विश्कपमा नेपालले ९ वटा छक्का हानेको थियो । ९ वटा छक्काबापत अर्नाले १ लाख ८० हजार दिने घोषणा गरेको छ ।

१२७ डट बल हानेबापत दुई लाख पाँच हजार पाँच सय रुपैयाँ, २ मेडेन ओभरहानेवापत ४० हजार रुपैयाँ दिने भएको छ । तीन खेलमा २१ विकेट लिएको नेपालले अर्नाबाट सो विकेटबापत ४ लाख २० हजार दिने भएको हो ।
अर्नाले उक्त रकम समग्र क्रिकेट टोलीको विकासका लागि खर्च गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्