Logo

चाँदीको भाउ घट्यो, सुनको मूल्य स्थिर

 

काठमाडौँ – नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य स्थिर कायम भएको जानकारी दिएका छन् । आजको मूल्यसूची तय गर्दै महासंघले हिजो सोमबारकै मूल्यमा आजपनि कारोबार सुरु भएको जानकारी दिएका हुन् ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार ३०० रुपैयाँ स्थिर नै छ । यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ४१ हजार ६०० रुपैयाँ कायम रहेको छ । यस्तै आज चाँदीको मूल्य ५ रुपैयाँले घटेको हो । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १८ सय १५ छ । हिजो १८ सय २० मा किनबेच भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्