Logo

सुनसरीमा र मोरङको सिमानामा बूढीखोलाले बगाउँदा तीन जना बेपत्ता एकको मृत्यु

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

 

काठमाडौँ – सुनसरी र मोरङको सिमानामा रहेको बूढीखाेलाले बगाउँदा एक जनाको मृत्यु भएको हो । अन्य तीन जना बेपत्ता भएका छन् ।

मंगलबार बिहानदेखि बढ्दै गएको बूढीखोलाको बाढीमा एक जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डीएसपी टेकबहादुर कार्कीले जानकारी दिएका छन् । मृतकको पहिचान भने खुल्न नसकेको डीएसपी कार्कीले बताएका छन् । बाढीमा बेपत्ता भएकाहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्