Logo

आज बिहान ट्याक्टर दुर्घटना हुँदा २ जना बालिकाहरु घाइते

 

 

 

 

 

काठमाडौँ – बैतडीको मेलौली नगरपालिका–३ मा आज बिहान ट्याक्टर दुर्घटना हुँदा २ जना बालिकाहरु घाइते भएका हुन् । आइतबार बिहान साढे ९ बजे वडा नं ३ को कुजागाड सडकखण्डको तल्खेत भन्ने स्थानमा सु प प्र ०२ च ००२ त ४३७० नम्बरको ट्याक्टर दुर्घटनामा परेको छ ।
दुर्घटनामा परी दुई बालिका घाइते भएका प्रहरीले बताएको छ । घाइते हुनेमा सोही ठाउँका करन चन्दकी ७ वर्षीया छोरी निकिता चन्द र बिर बहादुर चन्दकी ७ वर्षीया छोरी पूर्णिमा चन्द हुन् । घाइते दुवैलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटन ल्याइएका छन् ।

कुजागाड सडकखण्डमा ढुंगा लोड गर्ने क्रममा एक्कासि ट्याक्टर अगाडि बढेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिएका छन् । ट्याक्टर सडकबाट सय मिटर तल खसेको छ । दुर्घटनामा परेको ट्याक्टरको अगाडीको भाग स्थानीय धनी भट्टको घरमाथि अडिएको छ भने पछाडीको भाग घरअगाडिको बारीमा पुगेको छ । घरमा पनि क्षति पुगेको प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्