Logo

पशुपति कोटिहोम महायज्ञमा निःशुल्क स्वयंसेवा गर्ने स्वयंसेवक बढ्दै

काठमाडौं– आगामी साउन महिनाभर सञ्चालन हुने ऐतिहासिक श्री पशुपति कोटिहोम महायज्ञ सुभारम्भ हुन अब करिब २ हप्ता बाँकी छ । महायज्ञ प्रारम्भ हुने मिति नजिकिँदै गर्दा आयोजक श्री मानव सेवा फाउन्डेसन नेपालले आफ्नो तयारीलाई तिब्र गतिका साथमा अगाडी बढाएको देखिएको छ ।

यसमा अन्य सामाजिक तथा धार्मिक संघसस्थाहरुको पनि सहयोग मिलिरहेको आयोजकले जनाएको छ । अहिले उपत्यका भित्रका सामाजिक तथा धार्मिक संघसस्थाहरुमा आबद्ध रहेका व्यक्तिहरु कार्यक्रम परिसरमा उपस्थित भई निःशुल्क स्वयंसेवा गरिरहेको आयोजक समितीले जानकारी दिएको छ ।

कार्यक्रम स्थल वनकाली हंसमण्डप,कैलाशडाँडा लगायत पशुपति क्षेत्र सरसफाईको कार्य देखि लिएर पण्डाल निर्माण र हवन कुण्ड निर्माण लगायतको कार्यमा निःशुल्क स्वयंसेवा गर्ने व्यक्ति तथा सामाजिक संस्था बढदै गइरहेको आयोजकको भनाई रहेको छ ।
उपत्यकाबाट अहिले दैनिक समूहका पधादिकारीहरु तथा व्यक्तिगत रुपमा सयौँको संख्यामा सहभागी भएर सेवा प्रदान गरिरहेका छन् । त्यस्तै उपत्यका बाहिरबाट पनि सेवा गर्न चाहानेको संस्या उल्लेख्य रहेको आयोजकले जानकारी दिएको छ ।

यसरी स्वयंसेवकको भूमिका निर्वाह गर्ने व्यक्ति या संस्थाहरुलाई आयोजक मानव सेवा फाउण्डेसनले कार्यक्रमको समयमा प्रशंसा पत्रले सम्मान गर्ने कार्यक्रम राखेको छ ।

स्वयंसेवक बन्न यहाँ क्लिक गर्नुहोस्

https://docs.google.com/forms/d/e/1FAIpQLSdJwfZnMatFabWyx2GK2i2CfYQ1HLbShFc1NrURyT6857H2KQ/viewform

प्रतिक्रिया दिनुहोस्