Logo

गुल्मीमा पहिरोले पुरिएर मृत्यु भएका परिवारलाई भेट्न पुगे मन्त्री दिनेश पन्थी

 

काठमाडौँ – गुल्मीको मालिकामा पहिरोले घर पुरिँदा एकै परिवारका पाँच जनाको मृत्यु भएपछि लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री दिनेश पन्थी घटनास्थलमा पुगेका हुन् ।

घटनास्थलको निरीक्षण गर्दै उनले मृतक परिवारका आफन्तलाई भेटेर सरकारको तर्फबाट तत्काल आवश्यक सहयोगको व्यवस्थापनसमेत गरेका छन् ।

मन्त्री पन्थीले भनेका छन् , ‘अत्यन्तै दुःखद घटना भएको छ । प्राकृतिक विपत्तिलाई न्यूनीकरण गर्न र रोक्न सबैको सहयोग सहकार्य जरुरी छ । सरकार जनताको साथमा छ । हामी सरकारको तर्फबाट सक्दो सहयोग उपलब्ध गराउँने छौँ ।

प्रतिक्रिया दिनुहोस्