Logo

सुनचाँदीको मूल्य बढ्यो

 

 

काठमाडौँ – आज बुधबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजको मूल्यसूची तय गर्दै मंगलबारको तुलनामा ४०० रुपैयाँले मूल्य बढेर कारोबार सुरु भएको जानकारी दिएको हो ।

हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार ३०० रुपैयाँ कायम रहेको थियो भने आज ४०० रुपैयाँले बढेसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४२ हजार रुपैयाँ कायम भएको छ । यसबाहेक आज चाँदीको मूल्य तोलामा १८ सय २५ रुपैयाँ कायम नै रहेको छ । हिजो चाँदीको मूल्य तोलामा १८ सय ५ रुपैयाँ थियो । यो तोलामा २० रुपैयाँको वृद्धि भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्