Logo

मंगलबार साँझदेखि अवरुद्ध बेँसीशहर–चामे सडक खुल्यो

लमजुङ– अविरल वर्षाले विभिन्न ठाउँमा पहिरो गएपछि मंगलबार साँझदेखि अवरुद्ध बेँसीशहर–चामे सडकअन्तर्गत लमजुङ खण्ड सञ्चालनमा आएको छ ।

यो सडक खण्डअन्तर्गत लमजुङ बेँसीशहर नगरपालिका–६, खरखरे र मर्स्याङ्दी गाउँपालिका–९, गोपालडाँडामा आएको पहिरो हटाएसँगै बुधबार बिहानदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी निरीक्षक थानेश्वर चपाईंले उक्त स्थानको पहिरो हटाएर र अक्टोपस झरनामा पानी कम भएपछि सवारी साधन सञ्चालनमा आएको बताए । लमजुङ खण्डमा सडक सञ्चालन भए पनि मनाङ खण्ड भने अवरुद्ध भइरहेको छ ।

मंगलबार राति चामे गाउँपालिका–१, तिमाङ खोलाले काठेपुल बगाएपछि हालसम्म सवारी सञ्चालन हुन सकेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्