Logo

टोखामा ६ लाख ७२ हजार रुपैयाँ बराबरको धनमाल चोरी

 

 

काठमाडौँ – काठमाडौँको टोखा नगरपालिकामा गत राति चोरी भएको हो । टोखा नगरपालिका-९ गोङ्गबु म्याग्दी चोक डेरा बस्ने तनहुँ ब्यास नगरपालिका-१४ घर भएका २७ वर्षीय सुजल विकको कोठामा चोरी भएको छ ।

सुन र चाँदीका विभिन्न गरगहना तथा नगद समेत गरी करिब ६ लाख ७२ हजार रुपैयाँ बराबरको धनमाल गए राति चोरी भएको प्रहरीले बताएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्