Logo

१ किलो २४७ ग्राम लागु औषध कोकिनसहित २ जना विदेशी नागरिकलाई प्रहरीले पक्राउ

 

 

काठमाडौँ – १ किलो २४७ ग्राम लागु औषध कोकिनसहित २ जना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तान्जानियन नागरिक बर्ष ४६ का रामधनी सिम्ब म्वाबुम्बा र बर्ष ५२ का त्वलिब किपेवु पशुआ रहेका छन् । उनीहरुलाई राजधानीको ठमेलस्थित एक होटेलबाट कोकिनका ७२ क्याप्सुल सहित पक्राउ गरिएको लागु औषध नियन्त्रण ब्युरोले बताएको छ ।

प्लाष्‍टिक कोटेड कोकिनका क्याप्सुलहरु निजहरुले इथोपिया को अद्दिस अब्ब पुगी निलेर काठमाडौँ आएको अनुसन्धानको क्रममा खुल्न आएको ब्युरोले बताएको छ । बरामद गरिएको लागु औषध कोकिनको अवैध बजार मूल्य अन्दाजी रु. ४ करोड ३७ लाख रहेको ब्युरोले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्