Logo

चोरी मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गर्न गोली प्रहार

 

 

 

काठमाडौँ – बाँके प्रहरीले डाँका चोरी मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गर्न गोली प्रहार गरेको हो । डडुवा–६ शिखनपुरूवामा फरार प्रतिवादी सरमान सिंह सरदारलाई नियन्त्रणमा लिन गोली चलाएको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी नारायण डाँगीले बताएका छन् । घटना बिहीबार बिहान साढे ८ बजेतिरको भएको बताइएको हो ।

उनलाई नियन्त्रणमा लिएर प्रहरी पुग्दा स्थानीयवासीले अवरोध पुर्‍याएपछि ३ राउण्ड गोली चलाइएको प्रहरीको भनाइ रहेको छ ।

सो क्रममा एक स्थानीयको खुट्टामा गोली लागेको बताइएको छ । यस्तै झडपमा एक प्रहरी समेत घाइते भएका छन् । यस्तै फरार रहेका प्रतिवादी सरमान सिंह सरदारको पनि घुँडामा एक राउण्ड गोली लागेको प्रहरीले बताएको हो ।

 

प्रतिक्रिया दिनुहोस्