Logo

सुदुरपश्चिम सरकारको समर्थन फिर्ता लिँदै एमाले

धनगढी– संघीय सरकारको सत्ता समीकरण फेरिएसँगै नेकपा एमाले सुदूरपश्चिम प्रदेश सरकारबाट पनि बाहिरिने भएको छ । योसँगै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने भएको छ ।

एमालेको केन्द्रीय निर्देशनअनुसार प्रदेश संसदीय दलले नेकपा एकीकृत समाजवादी पार्टीका तर्फबाट मुख्यमन्त्री बनेका दीर्घबहादुर सोडारीलाई दिएको समर्थन फिर्ता लिन लागेको हो । प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएर आजै मन्त्रीहरूले राजीनामा दिने तयारी भइरहेको छ ।

एमालेका तर्फबाट सुदूरपश्चिम सरकारमा तीन जना मन्त्री छन् । कांग्रेस र एमालेको नयाँ समीकरणमा संघीय सरकार बन्ने भएपछि सुदूरपश्चिममा पनि दुवै पार्टीले सरकार गठनबारे समेत छलफल गरेका छन् ।

प्रदेशमा तीन/तीन प्रदेशको नेतृत्व एमाले र कांग्रेसले सम्हाल्ने र मधेश प्रदेशमा मधेश केन्द्रीत दललाई नै नेतृत्वको जिम्मा दिने यसअघि नै यी दुई दलबीच सहमति भइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्