Logo

पौडी खेल्न प्रतिबन्धित रारा तालमा पौडी खेल्दा डुबेर एकको मृत्यु

मुगु– मुगुको पर्यटकीय स्थल रारा तालमा डुबेर एक युवकको मृत्यु भएको छ । छायाँनाथ रारा नगरपालिका कार्कीबाडा गाउँका अन्दाजी २१ वर्षीय शिशिर रावल रारा तालको पूर्वपट्टी ठाकुरनाथको मन्दिर नजिक तालमा डुबेर मृत भेटिएको हो ।

गाउँले साथीसित तालमा पौडी खेल्ने क्रममा डुबेर रावलको डुबेर मृत्यु भएको रारा राष्ट्रिय निकुञ्ज संरक्षण अधिकृत राजु घिमिरेले बताए ।

उनका अनुसार तालमा एक जना युवक बेपत्ता भएको भन्ने खबर आएपछि निकुञ्जबाट कर्मचारी र रारा हुटु हनुमानध्वज गुल्मका नेपाली सेनाका जवान गएर तालको छेउछाउ हेर्दा रावल डुबेर मृत अवस्था फेला परेका हुन् । तालबाट लास निकाल्न जिल्ला प्रहरी कार्यालयलाई खबर गरिसकेको उनले बताए ।

रारा राष्ट्रिय निकुञ्ज कार्यालयले तालमा माछा मार्न र पौडी खेल्न प्रतिबन्ध लगाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्