Logo

आज दिउँसोदेखि मनसुन कमजोर बन्ने

काठमाडौं– नेपाल नजिक रहेको मनसुनको न्यून चापीय रेखा दक्षिणतिर सर्दै जाँदा देशभर मनसुनको सक्रियतामा कमी आउने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। सोमबार अपराह्नबाट सुदूरपश्चिम प्रदेशमा पनि वर्षा रोकिने विभागले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशको तराईका जिल्लामा त पछिल्लो २४ घन्टामा भारी वर्षा भएको छ। देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेपछि दिउँसोबाट मनसुन कमजोर रहने जनाइएको छ ।

महाशाखाले आइतबार नै बुलेटिन जारी गरेर न्यून चापिय रेखा सोमबादेखि क्रमिकरूपमा दक्षिण तिर सर्दै जाने बताएको थियो।

‘सोमबारदेखि केही दिन कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। मधेस प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ,’ महाशाखाले भनेको थियो।

 

प्रतिक्रिया दिनुहोस्