Logo

छुरा प्रहारबाट २ जना गम्भीर घाइते १ जनाको हत्या

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

 

 

काठमाडौं – विराटनगरमा एकजना युवकको हत्या भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । मृतक र घाइतेको शरीरमा धारिलो हतियार प्रहार भएको देखिएको छ । मृत्यु हुने युवक मोरङकै कटहरी गाउँपालिका-१ जमटोकीका २१ वर्षीय करण कामत हुन् भने कटहरी–१ कै २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय गम्भीर घाइते छन्। उनीहरुको शरीरमा धारिलो हतियारको चोट रहेको छ। घटनामा संलग्न भएको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेका हुन् ।

घाइते दुबै युवकलाई विराटनगरमै विराट टिचिङ अस्पतालमा सामान्य उपचार पछि प्रहरीले थप उपचारको लागि विराटनगरकै नोबेल अस्पतालमा लगेका हुन् । घाइतेमध्ये अमन रायको अवस्था चिन्ताजनक छ।

 

प्रतिक्रिया दिनुहोस्