Logo

पहिरोले गर्दा धरान धनकुटा सडक खण्ड अवरुद्ध

 

 

काठमाडौँ – धरान धनकुटा सडक खण्ड अवरुद्ध भएको छ । भारी वर्षासँगै साँगुरी गाउँपालिका फेदीमा खसेको पहिरोका कारण धरान धनकुटा सडक अवरुद्ध भएको छ ।

बिहान ८ बजेदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले बताएको छ । रातिदेखि धनकुटामा पानी परिरहेको छ । साँगुरी गढीकाको लेउती खोलाको पुलदेखि घण्टे भन्ने स्थानसम्म ठाउँ ठाउँमा सडकमा लेदोसहितको ढुङ्गा खसेर सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा धरान धनकुटा सडकमा सवारीका साधन चल्न भने सकेका छैनन् ।

घटनास्थलमा प्रहरी पुगे पनि लेदो खसिरहेकाले पहिरो पन्छाउन भने सकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्