Logo

नारायणी नदी किनारमा तीन जनाको शव फेला

 

 

काठमाडौँ – नवलपुरको गैँडाकोट १ नारायणी नदीमा तीन जनाको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार गैंडाकोट १ मजुवा सामुदायिक वन नजिक नारायणी नदी किनारमा दुई पुरुष पुरुष र एक महिलाको शव सडेगलेको अवस्थामा भेटिएको छ । शव अहिले नारायणी नदीमै रहेको छ ।

अहिले शव उठाउने र मुचुल्का उठाउने कार्य भइरहेको छ भने शवको पहिचान हुन भने सकेको छैन। उक्त शव बाढीले बगाएर ल्याएको हुन सक्ने अनुमान गरिएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्