Logo

भक्तपुरमा दुई स्कुटर आपसमा ठोक्किंदा एक जनाको मृत्यु

 

 

काठमाडौं – भक्तपुरमा दुई स्कुटर आपसमा ठोक्किंदा एक जनाको मृत्यु भएको हो । सूर्यविनायक नगरपालिका–७ गुण्डू तीनधारेमा बागमती प्रदेश–०२–०२२ प १७४८ नम्बरको स्कुटर र बागमती प्रदेश ०२–०१७ प ५०१२ नम्बरको स्कुटर मंगलबार बिहान आपासमा ठोक्किएका हुन् ।

स्कुटर ठोक्किंदा बागमती प्रदेश–०२–०२२ प १७४८ का चालक सूर्यविनायक नगरपालिका–५ कटुन्जे थापागाउँ बस्ने २२ वर्षीय राजाराम थापा मगर गम्भीर घाइते भएका छन् । उनको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी अर्का स्कुटरका चालकको सोही अस्पतालमा उपचार भइरहेको जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्