Logo

त्रियुगामा पहिरोमा परी एकजनाको मृत्यु, दुईको अवस्था गम्भीर

उदयपुर– सोमबार रातिदेखिको निरन्तर वर्षाका कारण त्रियुगा नगरपालिका–१५ तोरीबारीमा पहिरोमा परी एकजनाको मृत्यु भएको छ । पहिरोमा परि अन्य दुईजना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार आठ वर्षकी रुपकला मगरको मृत्यु भएको हो । यस्तै ४० वर्षीया हीरामाया मगर र उनका सात वर्षीय छोरा योगेश मगर घाइते भएका हुन्। उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था गम्भीर रहेको जनाइएको छ।

तोरीबारीमा पहिरोले चार घर पुरेको छ भने अन्य पाँच घर उच्च जोखिममा छन्।

प्रतिक्रिया दिनुहोस्