Logo

सिंगापुरले १६ प्रजातिका प्रजातिका किरा फट्याङ्ग्राहरूलाई दियो खानाको मान्यता

 

 

काठमाडौँ – सिंगापुरले १६ प्रजातिका प्रजातिका किरा फट्याङ्ग्राहरूलाई खानाको मान्यता दिएको हो । सिंगापुरको सरकारी खाद्य एजेन्सी (एसएफए)ले खान मिल्ने १६ प्रजातिका किरा फट्याङ्ग्राहरूलाई विक्री र उपभोगका लागि अनुमति दिएका छन् ।

तत्कालै लागू हुने गरी एसएफएले खाद्य व्यापारीहरूको नाममा सर्कुलर जारी गरेको हो । नियामक चासो कम भएको ठानिएको किरा फट्याङ्ग्रा र यसबाट बनाइएको खाद्य पदार्थ आयात गर्न पनि अनुमति दिइएको सर्कुलरमा भनिएको छ । एसएफएले खान मञ्जुरी दिएको किरा फट्याङ्ग्रामा सलह, फट्याङ्ग्रा, मिलवर्म र गोब्रे किराका कयौँ प्रजातिहरु छन् ।

यी किरा र यसबाट बनाइएको पदार्थ मानवीय उपभोगका लागि वा वस्तुभाउलाई खुवाउन प्रयोग गर्न सकिने सकुर्लरमा भनिएको छ । यद्यपि, यी किराहरू जंगलबाट खोजेर ल्याउन पाइने छैन । कम्पिटेन्ट अथोरिटीले नियमन गरेको क्षेत्रभित्र पालिएको हो भनेर कागजीय प्रमाणहरू देखाइएको किरा फट्याङ्ग्रा मात्रै खान पाइनेछ । पछिल्लो समय विश्वभर किरा फट्याङ्ग्रा खाने क्रम बढ्दो रहेको छ । यसलाई उच्च प्रोटिनको दिगो स्रोतको रूपमा हेरिएको छ । थाईल्यान्ड र कम्बोडियालगायत दक्षिण पूर्वी देशमा कमिला, फट्याङ्ग्रा र ट्यारन्टुला आदि मज्जाले खाने गरेका छन् । विश्वभर झन्डै २ हजार १०० प्रजातिका किरा फट्याङ्गालाई खान मिल्ने श्रेणीमा राखिएको एक प्रतिवेदनले देखाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्