बुढीगंगा नदीमा बेवारिसे शव फेला

720
Shares

अछाम– बुढीगंगा नदीमा बेवारिसे शव फेला परेको छ। साँफेबगर नगरपालिका–७ मेलसैनस्थित बुढीगंगा नदीमा मंगलबार बिहान बेवारिसे शव फेला परेको प्रहरीले जनाएको हो।

नदी किनारमा फेला परेको शवको नाम थर र लिङ्गको समेत पहिचान हुन सकेको छैन।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार शरीरका विभिन्न अङ्ग सडेका कारण उक्त शव पुरूष वा महिला कसको हो भन्ने समेत पहिचान गर्न सकिएको छैन।