Logo

माछा मार्ने क्रममा डुबेर एकको मृत्यु

कैलाली– कैलालीमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१० जुगेडा कटानका ५० वर्षीय लालबाबु रानाको मोहना नदीमा डुबेर ज्यान गएको हो ।

माछा मार्ने क्रममा राना डुबेर बेपत्ता भएको खबर प्राप्त भएपछि अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटेको प्रहरी टोलीले खोजतलास गरेको थियो ।

गए राति करिब पौने १० बजे राना नदीमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्