Logo

सशस्त्र प्रहरीले डुवानमा फसेका एकैपरिवारको चारजनाको उद्धार

 

 

 

काठमाडौँ – कास्की मा सशस्त्र प्रहरीले डुवानमा फसेका एकैपरिवारको चारजनाको उद्धार गरेका छन् ।

कास्कीको पोखरा महानगरपालिका-२७ स्थित दिपाङ्ग तालमा रातभरिको झरीका कारण पानीको सतह बढेपछि डुवानमा फसेका एकै परिवारका ४ जनालाई सकुशल उद्धार गरेका हुन् ।

सशस्त्र प्रहरी बल नम्बर २४ कालिका गण हेडक्वार्टस् कास्कीबाट खटिएको विशेष विपद उद्धार टोलीले सकुशल उद्धार गरेको सशस्त्र प्रहरीले बताएका छन् ।

गुल्मी स्थायी घर भई हाल सत्यराज ढकालको घरमा भाडामा बस्ने एकै घरका ५४ वर्षीय राम बहादुर अधिकारी, ३९ वर्षीया सृजना अधिकारी, ६ वर्षीय आयुष अधिकारी र ४ वर्षीयाकी आयुष्का अधिकारीलाई डुब्न लागेको अवस्थामा स्थानीयहरुको सूचनाका आधारमा विहान ८ बजे उद्धार गरिएको कालिका गणका गणपति एसपी अरुणकुमार शर्माले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्