१६ वर्षको खेलाडीलाई खेलाएर नियम तोड्दा स्पेनले तिर्यो ३० हजार यूरो जरिवाना
लामिन यामेन युरो क्लबमा स्पेनका लागि खेल्ने महत्तवपूर्ण फुटबल खेलाडी हुन् । उनी हाल जर्मनीमा जारी युरो कप २०२४ मा स्पेनबाट खेलीरहेका छन् ।
उनकाे हाल उमेर १६ वर्ष मात्रै भयो। १६ वर्षीय लामाइन यामल प्रतियोगिताको सबैभन्दा कान्छो गोलकर्तासमेत बनेका छन् ।
तर जर्मनीमा एउटा नियम छ । त्यहाँ १८ वर्ष मुनिका बालबालिकाहरुले राति ८ बजे सम्म मात्र काम गर्न पाउने नियम रहेछ । तर १८ वर्षभन्दा कम उमेरको खेलाडीकाे हकमा भने राति ११ बजे सम्म काम गर्न पाउने नियम छ । यदि कसैले सो नियम तोडेमा ३० हजार युरोसम्म जरिवाना तिर्नुपर्ने नियम छ ।
सोही नियमअनुसार स्पेनले आफ्ना खेलहरुमा आफ्ना महत्वपूर्ण खेलमा लामाइनलाई स्पेनले ११ बजेपछि बेन्चमा समेत राखेका थिएनन् । साेहि कारणले अबेर रातमा भएको स्पने र इटालीकाे खेलमा उनलाई आधा खेल बाँकी रहँदै खेलबाट बाहिर निकालेका थिए । तर जुलाई १ मा भएकाे जर्जीयासँगको खेलमा भने स्पेनले ११ बजे रातिसम्म पनि खेलायो । किनभने उनीहरुका लागि जरिवाना तिर्नुभन्दापनि खेल जित्नु बढी महत्वपूर्ण थियो ।
स्पेनले उक्त खेल ४–१ काे अन्तरले जीत हात पारेकाे छ भने उक्त खेलमा १८ वर्षभन्दा कम उमेरका खेलाडीलाई खेलाएकोमा ३० हजार जरिवानासमेत तिरेकाे छ ।