Logo

बुढानीलकण्ठमा एटिएम तोडफोड गरेको आरोपमा २ जना पक्राउ

 

 

 

काठमाडौँ – काठमाडौँको बुढानीलकण्ठमा एटिएम तोडफोड गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेका छन् । पक्राउ पर्नेमा नुवाकोटको किस्पाङ गाउँपालिका घर भएर बुढानीलकण्ठ बस्ने ३४ वर्षीय श्याम बहादुर घले र १९ वर्षीय सुजन तामाङ रहेका छन् ।

बुधबार बिहान उनीहरुले बुढानीलकण्ठ नगरपालिका–३ स्थित रुद्रेश्वर चोकको माछापुच्छ्रे बैंकको एटिएम तोडफोड गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिएका छन् । उनीहरूको साथबाट प्रहरीले फलामको रड पनि बरामद गरेका छन् । घटनाबारे प्रहरी वृत महाराजगञ्जले अनुसन्धान गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्