Logo

नाबालिगहरूलाई वेश्यावृत्तिमा लगाएको अभियोगमा दुईजनालाई पक्राउ

 

 

काठमाडौँ – नाबालिगहरूलाई वेश्यावृत्तिमा लगाएको अभियोगमा दुईजनालाई मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेका छन् ।

उक्त टोलीले सिन्धुली हरिहरपुर गाउँपालिका–१ का ३३ वर्षीय वीरबहादुर सिन्तान र २५ वर्षीय सुबिलाल सिन्तानलाई मध्यपुर थिमि नगरपालिका–१ मनोहरा–जडीबुटीबाट पक्राउ गरेका छन् ।
सिन्धुली होटल ढिँडो सर्भिस् एन्ड गेष्ट हाउसमा बालिकाहरूलाई राम्रो आम्दानीको प्रलोभनमा पारी गेष्ट हाउसमा आएका ग्राहकहरूसँग शारीरिक सम्पर्क राख्न लगाएको प्रहरीले बताएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्