Logo

बाढीमा फसेका स्वास्थ्यकर्मीलाई दुई घण्टा लगाएर सकुसल उद्दार

काठमाडौं– सर्रे खोलामा आएको बाढीमा फसेका लहान नगरपालिका–२४ झुट्कीका ४० वर्षीय स्वास्थ्यकर्मी अरुण चौधरीलाई प्रहरीले आज सकुशल उद्धार गरेको छ । चौधरी लहान–९ खुट्टीपारि स्वास्थ्य चौकीमा कार्यरत छन्।

कार्यालय जाने क्रममा खोलाको बिच भागमा पुगेपछि अचानक आएको बाढीमा चौधरी फसेका थिए। इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीका अनुसार खबर पाउन साथ तुरुन्तै प्रहरी घटनास्थलमा पुगी दुई घण्टाको प्रयासपछि उनलाई सकुशल उद्धार गरिएको हो । उद्धार कार्यमा स्थानीयवासीका साथै सशस्त्र प्रहरीले सहयोग गरेको थियो ।
.

प्रतिक्रिया दिनुहोस्