Logo

आँप खाएको निहुँमा एक युवकको हत्या, दुईजना पक्राउ

काठमाडौं– रौतहटमा आँप टिपेको निहुँमा एक युवकको हत्या भएको छ । हत्याको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बौधीमाई नगरपालिका–१ बौधा पतौरा घर भइ हाल इशनाथ नगरपालिका–३ बस्ने १८ वर्षीय दशही साह र सोही ठाउँका १९ वर्षीय रोशन साह छन् । उनीहरुले २५ असारको राति ८ बजेतिर रौतहटको इशनाथ नगरपालिका–९ बस्ने १७ वर्षीय सहवाज मियाँलाई आँप टिपेको निहुँमा हत्या गरेका हुन् ।

इशनाथ नगरपालिकाको कार्यालय अगाडि आँपको बगैचा छ । सोहि बँगैचामा मंगलबार राति उनीहरूले सहवाजलाई रड तथा छुरा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

मृतकको भाईले आँप बगैचामा आँप टिपेको विषयमा दशहीले कुटपिट गरेका थिए । त्यो देखेपछि सहवाजले दशहीलाई झापड हानेका थिए । त्यही रिसइबीमा दशही र रोशन मिलेर सहवाजको हत्या गरेको प्रहरीले जनाएको छ ।

उनीहरुमाथी कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अघि बढाएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्