आरजुलाई परराष्ट्रमन्त्रीमा नियुक्त भएकामा भारत र पाकिस्तानका समकक्षीले दिए बधाई

1.6k
Shares

काठमाडौं– पाकिस्तानका विदेशमन्त्री इशाक दारले नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा नेपालको परराष्ट्रमन्त्रीमा नियुक्त भएकामा हार्दिक बधाई ज्ञापन गर्दै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

समकक्षी डा राणालाई आज एक शुभकामना सन्देश पठाउँदै आपसी हित र चासोका मामिलामा निकटसम्पर्कमा रहेर उनीसँग काम गर्न आफू तयार रहेको उल्लेख गरेका छन् ।

यसअघि भारतका बाह्य मामिलामन्त्री डा सुव्रमन्यम जयशङ्करले सफल कार्यकालको शुभकामना व्यक्त गर्दै बहुआयामिक साझेदारीयुक्त नेपाल–भारत सम्बन्धलाई अझ सुमधुर तुल्याउनका सहकार्यको प्रतीक्षामा रहेको उल्लेख गरेका थिए ।