युएइईविरुद्ध नेपालको दबदबा, लियो तेस्रो विकेट
काठमाडौं– श्रीलंकामा आजबाट सुरु भएको नवौं संस्करणको एसीसी एसिया कप टी(२० महिला क्रिकेटको पहिलो खेलमा नेपालले यूएईविरुद्ध सुरुवातमा फिल्डिङ गरिरहेको छ ।
श्रीलंकाको रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर बलिङ गरिरहेको नेपालले तेस्रो विकेट निकालेको छ । खेलको ५.३ अोभरमा नेपालले ओपनर थ्रेता सतिसालाई आउट गराएको हो । कप्तान इन्द्र वर्माको बलमा सतिसा आउट भएकी हुन् । उनी १२ बलमा ९ रन जोडेर खेलिरहेकी थिईन् ।
ताजा अवस्थामा ६ ओभरमा यूएईले तीन विकेटको क्षतिमा ३८ रन जोडेको छ ।
इन्दु वर्माको कप्तानीमा रहेको नेपाली महिला टिमले यो प्रतियोगितामा तेस्रोपटक प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल यसअघि सन् २०१२ र २०१६ मा सहभागी भएको थियो । ती दुवै प्रतियोगितामा नेपाल पराजित भएको थियो ।
खेल सूचीअनुसार नेपाल समूह ‘ए’मा छ । सोही समूहमा पाकिस्तान र भारत छन् । समूह ‘बी’मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्यान्ड छन् ।
नेपाली टिममा कप्तान वर्मासहित रुविना क्षेत्री, सीता रानामगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, काजोल श्रेष्ठ (विकेटकिपर) पूजा महतो, डली भट्ट, विन्दु रावल, रोमा थापा, कृतिका मरासिनी, सबनम राई र राजमती ऐरी सहभागी छन् ।