सुतिरहेको युवकलाई धारिलो हतियार प्रहार गरेर हत्या
नवलपुर– पश्चिम नवलपरासीमा धारिलो हतियार प्रहारबाट एक जना युवकको हत्या भएको छ । नवलपरासीको पाल्हिनन्दन गाउँपालिका–५ हर्दीमा धारिलो हतियार प्रहारबाट एक युवकको हत्या भएको हो । मृत्यु हुनेमा २० वर्षका सूर्यकुमार बढई रहेको प्रहरीले जानकारी दिएको छ ।
आफ्नै घरमा सुतिरहेको अवस्थामा घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक एवं सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । उनको शव पृथ्वी चन्द्र अस्पताल परासीमा पठाइएको छ । हत्यामा संलग्न व्यक्तिको खोजीका लागि प्रहरीले अनुसन्धान जारी राखेको छ ।