गलेश्वरधाममा सोमबार तीन लाख ३६ हजार भेटी सङ्कलन

432
Shares

म्याग्दी– म्याग्दीको प्रशिद्ध धार्मिक स्थल गलेश्वरधाममा यस वर्षको साउन महिना दोस्रो सोमबार तीन लाख ३६ हजार १८५ रुपियाँ भेटी सङ्कलन भएको छ । बेनी नगरपालिका–९ मा अवस्थित गलेश्वर शिवालय मन्दिरमा सोमबार भक्तजनबाट चढाइएको भेटी मङ्गलबार बिहान सरोकारावाला निकायको उपस्थितिको गलेश्वर मन्दिर परिसरमा गणना गरिएको थियो ।

गलेश्वर शिवालय क्षेत्र विकास कोषका अनुसार साउनको पहिलो सोमबार तीन लाख ७२ हजार ३७३ रुपियाँ सङ्कलन भएको थियो ।