काठमाडौं– पेरिस ओलम्पिक २०२४ मा नेपालका पौडीबाज एलेक्जेन्डर शाहले राष्ट्रिय कीर्तिमान बनाउन सफल भएका छन्। सय मिटर फ्रिस्टायलमा आफ्नै नाममा रहेको कीर्तिमान भंग गर्दै उनले नयाँ राष्ट्रिय कीर्तिमान राखेका छन् । उनी ५१.९१ सेकेन्डमा पौडिएका छन्।
यसअघि उनले गत फ्रेब्रुअरीमा यो स्पर्धमा कीर्तिमान बनाएका थिए। कतारको दोहामा भएको वर्ल्ड एक्वाटिक च्याम्पियनसिपमा उनले ५२.१७ सेकेन्डमा दूरी पार गर्दै कीर्तिमान बनाएका थिए।
पेरिस ओलम्पिकमा सोही कीर्तिमान भंग गर्ने लक्ष्यमा शाह सफल भएका हुन्।
यद्यपी उनी ७९ खेलाडीले भाग लिएको सय मिटर फ्रिस्टायलमा ५९ औं स्थानमा रहे। जसका कारण उनी हिट चरणबाटै बाहिरिए। हिट चरणबाट १६ खेलाडी फाइनल चरणमा पुगेका छन्।
प्रतिक्रिया