फरार अभियुक्त २० वर्षपछि पक्राउ

360
Shares

काठमाडौं– कैलालीमा कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त २० वर्षपछि पक्राउ परेका छन्। भजनी नगरपालिका–८ बस्ने ४७ वर्षीय लल्लन जागा पक्राउ परेका हुन्।

उनलाई इलाका प्रहरी कार्यालय राजापुरको टोलीले बर्दियासँग समन्वय गरेर मंगलबार साँझ मधुवन नगरपालिका–४ बाट पक्राउ गरेको हो। उनलाई २०६१ जेठ ३० गतेदेखि कर्तव्य ज्यान मुद्दामा खोजिरहेको प्रहरीले जनाएको छ।

यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।