काभा वुमन्स भलिबलमा नेपालको ऐतिहासीक जीत, भारतमाथि नेपाल ३–२ सेटले विजयी
काठमाडौं– काभा वुमन्स नेसन्स लिग महिला भलिबलमा नेपालले भारतमाथि ऐतिहासिक जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको भलिबल कभर्ड हलमा नेपालले भारतलाई ३–२ को सेटमा हराएको हो । नेपालले २५–१८, १२–२५, २५–१७, १८–२५, १५–१३ ले हरायो ।
त्रिपुरेश्वरको दशरथ रंगशालास्थित राखेपको कभर्डहलमा भएको खेलमा नेपालले पहिलो सेट २५–१८ ले जितेको थियो । दोस्रो सेट भारतले २५–१२ ले जित्यो । तेस्रो सेटमा नेपाल पुनः खेलमा फर्किँदै २४–१७ ले भारतलाई हरायो ।
चौथो सेट भारतले २५–१८ ले नेपाललाई भारतलाई हराएपछि खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो । पाँचौं तथा अन्तिम सेटमा नेपाल १५–१३ ले भारतलाई हराउँदै पहिलोपटक जीतको इतिहास रच्यो । विजयी हुँदै भारतलाई पहिलो पटक हराउन सफल भयो ।
काभा वुमन्स लिगमा प्रतियोगितामा नेपालसहित भारत, इरान, माल्दिभ्स र श्रीलंका सहभागी छन् । नेपालले पहिलो खेलमा श्रीलंकालाई ३–० को सोझो सेटमा हराएको थियो । अब नेपालले तेस्रो खेलमा आइतबार इरानसँग खेल्नेछ।