उच्च अदालन बार एसोसिएसनको निर्वाचन बहिष्कार गर्दै स्वतन्त्र कानुन व्यवसायी
काठमाडौं– स्वतन्त्र कानुन व्यवसायी मञ्चले उच्च अदालन बार एसोसिएसन पाटनको निर्वाचन बहिष्कार गर्ने भएको छ । बार एशोसिएशनको कार्यसमिति निर्वाचनमा नेपालको संविधान र लोकतान्त्रिक मुल्यमान्यता विपरित हुन लागेको भन्दै एसोसिएसनले निर्वाचन बहिष्कार गर्न लागेको हो ।
मञ्चले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै अवैधानिक रुपमा हुन लागेको निर्वाचनका कुनैपनि कार्यक्रममा सहभागी नहुने जनाएको छ । मञ्चले लोकतन्त्र, विधिको शासन र समावेशिताको सिद्धान्तलाई संस्थागत गर्नका लागि मञ्चका शुभेच्छुक अधिवक्ता, वरिष्ठ अधिवक्ता लगायत सम्पुर्ण कानुन ब्यवसायी सदस्यहरुलाई निर्वाचन वहिष्कार गर्न पनि अपिल गरेको छ ।
मञ्चले नेपालको संविधान र नेपाल बार एशोसिएशन बिधान २०४८ ले निर्देश गरेअनुसार आदिवासी जनजाती, महिला , दलित, मधेशी, थारु मुस्लिम, उप्पिडित वर्ग, अल्पसंङख्यक, लैङगीक तथा यौनिक, अल्पसङख्यक, सीमान्तकृत, फरक सक्षमता भएकाहरुलाई समावेश गरी समावेशी निर्वाचन गर्न आग्रह गरेको छ । निर्वाचन नामावली प्रकाशन गर्दा वर्णानुक्रम पद्धतीअनुसार गर्नुपर्ने र निर्वाचन दस्तुर महँगो भएकाले पनि यसलाई सच्याउनुपर्ने मञ्चको माग छ ।
उच्च अदालत बार एशोसिएशन पाटनले गत असार ३१ गते सुचना प्रकाशित गरी आगामी भदौ १ गते निर्वाचन हुने कार्यतालिका सार्वजनिक गरेको छ । तर निर्वाचन समावेशी सिद्धान्तबिना हुन नलागेको भन्दै विरोध सुरु भएको हो ।