जाजरकोटमा जिप दुर्घटनाः १५ जना घाइते

360
Shares

जाजरकोट– जाजरकोटमा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। तीन जनाको अवस्था गम्भीर छ।

खलंगादेखि भेरी नगरपालिका–६ नेटाबजार जाँदै गरेको ग १ ज ७७११ नम्बरको जिप वडा नम्बर ६ भेरेमा आज दिउँसो साढे २ बजे दुर्घटना भएको हो।

दुर्घटनामा १५ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। घाइतेहरूमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले बताए।

घाइतेहरूको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ।